ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

यातायात व्यवस्था सेवा कार्यालय चितवन : तीन महीनाको आम्दानी १८ करोड 

२०७८ कार्तिक, ५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, चितवन । चालू आर्थिक वर्ष ०७८/७९को तीन महीनामा यातायात व्यवस्था कार्यालयले झण्डै १८ करोड आम्दानी गरेको छ । 

कार्यालयको तथ्यांक अनुसार चालू आवको साउन, भदौ र असोजमा कार्यालयले १७ करोड ९८ लाख ६८ हजार ५९३ रुपैयाँ आम्दानी गरेको हो । जस अनुसार सबै शीर्षकमा गरी कार्यालयले साउन महीनामा ७ करोड ४७ लाख ९५ हजार ९३० आम्दानी गरेको थियो ।

यस्तै भदौ महीनामा कार्यालयले कुल ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ आम्दानी गरेको थियो भने असोज महीनामा कार्यालयले ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ आम्दानी गरेको छ । 

कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर र सवारी दस्तुर शीर्षकमा कर संकलन गर्दै आएको छ ।

जसअनुसार तीन महीनामा यातायात क्षेत्रको आम्दानीबाट १ करोड ५१ लाख ९३ हजार ९२५ रुपैयाँ, प्रशासनिक दण्ड जरीवाना शीर्षकबाट तीन महीनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ, सवारी साधन कर शीर्षकबाट सो अवधिमा १५ करोड ३५ लाख १६ हजार ८६८ रुपैयाँ र सवारी दस्तुर कर शीर्षकमा तीन महीनामा ९२ लाख २५हजार ५ रुपैयाँ आम्दानी गरेको छ । 

आम्दानीमा न्यून वृद्धि 
कार्यालयको चालू आवको भदौ महीनामाभन्दा असोज महीनाको आम्दानीमा न्यून वृद्धि भएको छ । 

तथ्यांक अनुसार भदौ महीनामा यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ४५ लाख ४ हजार ८१० रुपैयाँ गरेको थियो भने यही शीर्षकमा असोज महीनामा ३६ लाख ६९ हजार २७५ रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै भदौ महीनामा प्रशासनिक दण्ड जरीवाना शीर्षकमा कुनै पनि आम्दानी नगरेको कार्यालयले असोज महीनामा १९ लाख ३२ हजार ७९५ रुपैयाँ आम्दानी, सवारी साधन कर शीर्षकमा भदौ महीनामा ३ करोड ७० लाख ५ हजार २९ रुपैयाँ आम्दानी गरेकोमा सोही शीर्षकमा असोज महीनामा ५ करोड २२ लाख ७८ हजार ६८९ आम्दानी र भदौ महीनामा सवारी दस्तुर कर शीर्षकबाट २१ लाख ५ हजार ४६५ रुपैयाँ आम्दानी गरेकोमा असोज महीनामा ३५ लाख ७६हजार छसय रुपैयाँ आम्दानी गरेको छ । 

कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा १० दिन निषेधाज्ञाका कारण कार्यालयल बन्द भएकोले आम्दानी कम भएको बताए । ‘भदौमा १० दिन कार्यालय बन्द भयो । असार मसान्तमा तिर्न नभ्याएकाले श्रावणमा तिरे । असोजमा चाडपर्व परेपनि भदौको भन्दा आम्दानीमा केही वृद्धि भयो ।’ उप्रेतीले भने ।

कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण र नवीकरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए  । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्