ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कात्तिक ८ गतेदेखि चितवनमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन हुँदै

२०७८ कार्तिक, ६  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ६, चितवन । कृषि तथा वन विश्व विद्यालय रामपुरमा अन्तरराष्ट्रिय भैंसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एशियन बफेलो कंग्रेस’ शुरु हुने भएको हो ।

शनिवार भरतपुरमा विश्वद्यिालयले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिइएको हो ।

यो एशिएन बफेलो कंग्रेसको १० औं संस्करण हो । अब हुने सम्मेलन नेपालमा भने पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको  भैंसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवम् उपयोगीता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ । 

सम्मेलनमा १७ ओटा राष्ट्रका प्रख्यात विज्ञहरुले १३५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ३५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरुबीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्द देवकोटाले जानकारी दिए ।

सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैंसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गर्ने प्राडा देवकोटाले बताए ।

बिभिन्न राष्ट्रहरुबीच भैंसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको  छ  । 

सम्मेलन भैंसी उत्पादन र बिकासका लागि कोषेढुंगा हुने आयोजकको  अपेक्षा छ । विश्व विद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको बिषय भएको बताए । चितवन पशुपलन, मत्स्यपालन तथा पशुपंक्षीको दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ ।

सम्मेलनको ८ गते कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गरिने कार्यक्रम रहेको छ । यसअघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोभिडका कारण पछि धकेलिएको हो ।

एशियामा विश्वकै सबैभन्दा धेरै भैंसी उत्पादन हुने गर्दछ । भैंसीको कुल संख्याको ९० प्रतिशत एशियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैंसी रहेको अनुमान छन् । नेपालमा दूध उत्पादनमा भैंसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्यांक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्