ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बेलायतमा मुद्रास्फीति ५ प्रतिशतमा पुग्ने सम्भावना 

२०७८ कार्तिक, ६  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ६, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति आगामी वर्षको शुरुमा ५ प्रतिशतमा पुग्ने वा सो भन्दा माथि उक्लिन सक्ने चेतावनी केन्द्रीय बैंकका नवनियुक्त प्रमुख अर्थशास्त्रीले दिएका छन् ।

बैंक अफ इंगल्यान्ड (बीओई)का प्रमुख अर्थशास्त्री हुव पिलले फाइनान्सियल टाइम्ससँग गरेको कुराकानीमा यस्तो बताएका हुन् । सन् २०२० को मार्चयता बेलायतमा ब्याजदर शून्य दशमलव १ प्रतिशतको ऐतिहासिक न्यून स्तरमा छ । नोभेम्बर ४ मा बस्ने ब्याजदर निर्धारण बैठकमा बैंकले ‘लाइभ’ निर्णय गर्ने पिलले बताएका छन् । 

हालैको तथ्यांकअनुसार बेलायतमा सेप्टेम्बरसम्मको एक वर्षमा मुद्रास्फीति ३ दशमलव १ प्रतिशतमा सुस्ताएको छ । यद्यपि, ऊर्जाको लागतमा भएको वृद्धि कीर्तिमानी स्तरमा रिक्त भएको कर्मचारीको पदपूर्तिका लागि कायम गरिएको उच्च तलब र आपूर्ति शृंखलामा देखिएको अवरोधका कारण मुद्रास्फीति बढ्ने बैंकको अनुमान छ । 

आगामी महीनामा मुद्रास्फीति ५ प्रतिशतमा पुग्यो वा सो भन्दा माथि उक्लियो भने  पनि आफू अचम्भित नहनुे पिलले बताएका छन् । बैंकले मुद्रास्फीति २ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको थियो । मुद्रास्फीति सो स्तरमा पुुग्ने बैंकका लागि निकै असहज हुने उनले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्