ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २२ गतेसम्म बन्द गर्ने भएसँगै कात्तिक ७ गते (आइतवार)सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ बोलाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्