ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पोखराका व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिँदै

२०७८ कार्तिक, ७  
गण्डकी प्रदेश
NA

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।

हाइमास्ट लाइटले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्नेछ । स्मार्ट सडक बत्ती र हाइमास्ट लाइट जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार महानगरले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा हाइमास्ट लाइट जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्