ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई वर्षदेखि भन्सारमै थन्किए सवारीसाधन

२०७८ कार्तिक, ७  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौं मूल्यका मोटरसाइकललगायत सवारीसाधन दुई वर्षदेखि थन्किएका छन् । कोरोना संक्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोना संक्रमणका कारण मूल्यांकन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए ।

‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्यांकन गर्न मेकानिकल इञ्जिनियर छैनन्’, उनले भने, ‘अन्य कार्यालयबाट तलबको व्यवस्था गरी इञ्जिनियर झिकाउनुपर्ने हुन्छ । इञ्जिनियरको फुर्सद नहँुदा सवारीसाधनका चेसिज मोडललगायत भिडान हुन पाएको छैन ।’    
 
उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनुपर्छ । कति वर्ष पुरानो हो, उत्पादन भएको वर्ष कुन हो, सो कुरा पत्ता लगाइसकेपछि इञ्जिनियरले सवारीसाधनको मूल्यांकन गरी मूल्य निर्धारणपछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यानलगायत साधन लिलामको पर्खाइमा छन् । दुई/तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारीसाधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्