ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

रिलायन्स लाइफको नयाँ जीवन बीमा योजना

२०७८ कार्तिक, ७  
बजार
NA

काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धनवर्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ ।

यसले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमांक रकम बराबरको रक्षावरण गर्ने कम्पनीको दाबी छ । योजनाअन्तर्गत १५वर्षे बीमा अवधि समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ ।

२० वर्षे बीमा अवधि समाप्तिमा अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमांक रकम, आर्जित बोनस र एक पटकका लागि बीमांक रकमको १० प्रतिशत थप रकम प्रदान गरिने कम्पनीले बताएको छ ।

योजनामा बीमा अवधिमा बीमितको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बीमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ । न्यूनतम बीमांक रकम १ लाख कायम गरिएको यो योजनामा १८ देखि ५५ वर्ष उमेरका ग्राहकले भाग लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्