ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

डिसहोम फाइबरनेटमा आईपीटीभी योजना

२०७८ कार्तिक, ७  
बजार
Image Not Found

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन् ।

डिसहोम फाइबर नेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले करबाहेक १२ हजार ९९९ खर्चनुपर्नेछ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् । साथै, डिसहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्