ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्डबाट सम्मानित

२०७८ कार्तिक, ७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्ड २०२१ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजित जी ट्वेन्टी ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जीपीएफआई) बैंक सम्मानित भएको हो । बैंकले साना तथा लघुवित्त क्षेत्रमा गरेको लगानी प्रतिफलस्वरूप सम्मान पाएको हो ।

कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरका विभिन्न संघ–संस्था स्पर्धामा सहभागी थिए । साना तथा लघुवित्त क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एशिया’ विधामा सम्मानित गरिएको छ ।

यो सम्मानले भविष्यमा साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्न उत्साहित बनाएको बैंकले बताएको छ ।

बैंक यसअघि युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० बाटसमेत भएको थियो । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्