ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ ।

दुवै कम्पनीहरुले सोमवार अर्थात् कात्तिक ८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुवै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ ।

उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, शिवम् सिमेण्टले गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले कम्पनीको चुक्तापूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्