ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आइतवारदेखि सुदूर पहाडमा उडान गर्दै नेपाल एयरलाइन्स

२०७८ कार्तिक, ७  
बजार
Image Not Found

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतवारदेखि उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतवारदेखि उडान शुरू गर्ने भएको हो । बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएकाले यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकको सहज सेवाका लागि वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।’ वर्षात्का कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातायातमा निकै सास्ती हुँदै आएको छ ।

बाढी, पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिरोले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरका थिए । मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतवारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउन सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्