ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पहिलो त्रैमाससम्ममा वेष्ट फाइनान्सले कमायो रू. १२ करोड ११ लाख नाफा 

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १२ करोड ११ लाख नाफा कमाएको छ । गत आवको चौथो त्रैमासमा कम्पनीको नाफा रू. ८९ लाख ९९ हजार ऋणात्मक थियो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा घटेसँगै नाफामा सुधार आएको हो । गत आवको चौथो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १४ दशमलव २६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ४ दशमलव शून्य ५ प्रतिशतमा झरेको छ । 

त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३ दशमलव ५ प्रतिशतले घटेको छ । गत आवमा रू.२ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा घटेर रू. २ करोड ७२ लाख ५९ हजारमा सीमित भएको छ । 

चुक्तापूँजी रू. ८२ करोड ८९ लाख १३ हजार रहेको उक्त कम्पनीले जगेडामा रू. ४७ करोड ९६ लाख र शेयर प्रिमियममा रू.३० लाख २५ हजार सञ्चित गरेको छ ।

त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ४७, मूल्य आम्दानी अनुपात ७ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ३५ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्