ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा ०.०१ अंकले घट्यो नेप्से परिसूचक 

२०७८ कार्तिक, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशलमव शून्य १ अंकले घटेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ५५७ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका १७ ओटा कम्पनीको ५ हजार ७८२ कित्ता बराबरको शेयर रू. ३० लाख ८४ हजार ६६७ मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री राधी विद्युत् कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १० लाख ६५ हजार बराबरको  शेयर खरीदविक्री भएको  हो ।

त्यसैगरी कारोबारमा आएका १७ ओटा धितोपत्रमध्ये १३ ओटाको  शेयरमूल्य बढेको छ भने दुई ओटा धितोपत्रको शेयरमूल्य घटेको  छ । यसैगरी दुई ओटा  धितोपत्रको शेयरमूल्य भने स्थिर रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्