ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पहिलो त्रैमासमा आकर्षक मुनाफा आर्जन गरेको वेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ कार्तिक, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको १५ मिनेटको अवधिमा वेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४४१ दशमलव १० पुगेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेसँगै विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा विक्री माग शून्य रहेको छ भने खरीद माग १ लाख २८ हजार ६२२ कित्ता रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्