ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट

२०७८ कार्तिक, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिमा कारोबारमा आएका १७३ ओटा धितोपत्रमध्ये मेरो माइक्रोफाइनान्सको  शेयरमूल्यमा नेकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनाम आइतवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२५ दशमलव ६० मा झरेको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७० हजार १२४ कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्