ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साताको पहिलो कारोबार : प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ कार्तिक, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २५० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार २६० मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. १० ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्