ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्ज महानगरपालिकाको लामखुट्टे नियन्त्रण अभियान शुरु 

२०७८ कार्तिक, ७  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गरेको छ । 

जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए । 

महानगरपालिका क्षेत्रमा लामखुट्टे बढेर नगरवासीलाई सास्ती भएपछि महानगरपालिकाले कात्तिक २ गतेदेखि अभियान शुरु गरेको उनले जानकारी दिए । 

महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा  लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्