ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेगा बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ कार्तिक, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा मेगा बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । 
उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये मेगा बैंकसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

मेगा बैंक,वेष्ट फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-  २ र ग्लोबल आइएमई समुन्नत स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मेगा बैंकको ९ लाख ४१ हजार ५८ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी वेष्ट फाइनान्सको १ लाख ६० हजार ५५२ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको - १ लाख ५९ हजार ५१३ इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको - १ लाख ५३ हजार ५१३ र ग्लोबल आइएमई समुन्नत स्किम - १ को १ लाख ४४ हजार ८५० इकाई खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्