ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

रुसमा कोरोना संक्रमण दर बढ्यो : एकैदिन एक हजारभन्दा बढीको मृत्यु

२०७८ कार्तिक, ७  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ७ मस्को (रुस) । रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ । 

यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएपछिकै सबैभन्दा बढी हो ।

यहाँ कोरोना भाइरसको संक्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ । 

शनिवार यहाँ ३७ हजार ६७८ जना यो संक्रमणबाट संक्रमित भएको जानकारी दिइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्