ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाश राज शर्मा चयन

२०७८ कार्तिक, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १५ औं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।

सभाले प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन  गरेको हो । नेपाल लघुवित्त बैंकर्स संघ लघुवित्त  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था हो   ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् ।  संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओ मिनबहादुर बोहरा चयन भएका छन् भने महासचिवमा नेशनल माइक्रोफाइनान्सका सीईओ राम बहादुर यादव निर्वाचित भएका छन् ।


संस्थाको सचिवमा सबैको लघुवित्तका सीईओ केशव पौडेल र कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्तका सीईओ प्रेम बहादुर पाठक चयन भएका छन् ।
त्यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा श्रीराम पोखरेल, गंगाधर पाण्डे, प्रविण कुमार लामा, बद्री प्रसाद दुलाल, विनोद आचार्य र बिमला योगी सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्