ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अर्थमन्त्रीद्वारा बेमौसमी वर्षाबाट भएको क्षतिबारे अन्तरराष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण

२०७८ कार्तिक, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ ।  

  आइतवार मन्त्रालयमा भएको भेटमा देशको सुदूरपश्चिमसहितका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ ।यसको लागि मन्त्री शर्माले अन्तरराष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् । 

साथै पुन:स्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ ।

त्यसैगरी भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्