ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दक्षिण कोरियाका ७०% नागरिकले लगाए कोरोना भाइरस विरुद्धको पूर्ण खोप

२०७८ कार्तिक, ७  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ७, सोल । दक्षिण कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिकले कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । 

दक्षिण कोरियाली रोग नियन्त्रण तथा न्यूनीकरण प्राधिकरणले शनिवार सार्वजनिक गरेको विवरणमा ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले अर्को हप्तासम्ममा यो संख्या ८५ प्रतिशतसम्म पुग्न सक्ने जानकारी दिएका छन् । 

सरकारले महामारी फेरि फैलिन नदिनका लागि सतर्कताका केही उपायहरुलाई अझै पनि निरन्तरता दिने जानकारी दिएको छ । कतिपय अवस्थामा ‘कोरोनासँगै जीउन सिकौँ’ भन्ने मान्यतालाई समेत आत्मसाथ गर्न पनि आह्वान गरिएको छ । 

त्यसका लागि छुट्टै अभियानको तयारी पनि भएको अधिकारीहरुले जनाएका छन् । सरकारले अतिरिक्त खोप लगाउने अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको पनि अधिकारीहरुको भनाइ छ ।   

दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु भएको हो । सरकारी अधिकारीहरुका अनुसार शनिवार मात्रै पनि दक्षिण कोरियामा थप एक हजार ५०८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

महामारी शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा तीन लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन भने ती मध्ये दुई हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्