ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

४ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा, धितोपत्र बोर्डमा दिए निवेदन

२०७८ कार्तिक, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ५, काठमाडौं । चार ओटा नयाँ छुट्टा - छुट्टै म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा रहेका छन् । 

कुमारी सुनौलो लगानी योजना,सिटीजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआइबिएल ग्रोथ फण्ड सञ्चालनमा आउन लागेका हुन् । ती चार ओटै योजनाले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा इकाई निष्कासन गर्नका लागि निवेदन दिएसँगै सञ्चालनमा आउने तयारी गरेका हुन् । 

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने तयारीमा रहेको कुमारी सुनौलो लगानी योजनाले ५ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनको लागि सिटीजन्स सुपर ३० म्युुचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ ।

 सनराइज म्युुचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड इक्विटी फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा  सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

त्यस्तै एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको एनआइबिएल ग्रोथ फण्डले १६ करोड इकाई सञ्चालन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ती चार ओटै म्युचुअल फण्डले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र इकाई निष्कासन गर्नेछन् । हालसम्ममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २५ ओटा म्युचुअल फण्ड सूचीकृत रहेका छन् ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्