ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

असोज मसान्तमा लक्ष्मी उन्नति कोषको एनएभी रू. १२.३५

२०७८ कार्तिक, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले असोज महीनाको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण कोषको एनएभी भदौ मसान्तको तुलनामा असोज मसान्तमा घटेको छ । कोषको प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) भदौ मसान्तसम्ममा रू. १२ दशमलव ६१ रहेकोमा असोज मसान्तमा घटेर रू. १२ दशलमव ३५ मा झरेको हो ।

त्यसैगरी यस कोषले असोज मसान्तसम्ममा रू. १४ करोड ८४ लाख ८० हजार नाफा कमाएको छ । यो नाफा भदौ मसान्तको तुलनामा १० प्रतिशत कमी आएको हो । कोषले भदौ मसान्त सम्ममा रू. १६ करोड ५२ लाख १० हजार नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा कोषको आम्दानीमा कमी आएसँगै नाफामा कमी आएको हो । भदौ मसान्तसम्ममा कोषले रू. १६ करोड ७८ लाख ५० हजार आम्दानी गरेकोमा असोज मसान्तमा घटेर रू. १५ करोड २४ लाख ६८ हजारमा सीमित भएको हो ।

त्यसैगरी, यस कोषले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५१ करोड २४ लाख ६१ हजार लगानी रहेको छ । भदौ मसान्तसम्ममा यस कोषले रू.५१ करोड ९१ लाख सूचीकृत २४ हजार सूचीकृत शेयरमा लगानी गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्