ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुनको भाउ बढ्ने क्रम जारी : सोमवार ३०० रुपैयाँको वृद्धि

२०७८ कार्तिक, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । छापावाला सुनको  आइतवार मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २६० मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार २६५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्