ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

केयर रेटिङ नेपालको पाँचौ वार्षिक साधारण सभा मंगलवार हुँदै

२०७८ कार्तिक, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा मंगलवार (कात्तिक ९ गते) हुँदैछ ।

सभा दिनको २:३० बजे केयर रेटिङ नेपाल लिमिटेडको दोस्रो तल्ला स्टार मल पुतलीसडकमा हुने जानकारी गराएको हो । सभाले २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, शेयरधनीहरुको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्त गर्ने पनि प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्