ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

२०७८ कार्तिक, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार (कात्तिक ९ गते) सम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्