ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बैंकको सर्वाधिक ५ करोड १८ लाख बराबरको शेयर खरीदविक्री

२०७८ कार्तिक, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २०० ओटा धितोपत्र मध्ये नेपाल बैंकको धितोपत्र सर्वाधिक किनबेच भएको छ ।  

सो अवधिमा कम्पनीको रू. ५ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६६ मा कारोबार भइरहेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृित पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्