ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुुरु गर्ने 

२०७८ कार्तिक, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ८, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुुरु गर्ने भएका छन् । 

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर विन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था बीच गत वर्षको मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

यी दुई कम्पनी बीच १०० बराबर ७५ को अनुपातमा शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रक्रिया सम्पन्न हुन लागेको हो । एकीकृत कारोबारपश्चात बन्ने विन नेपाल लघुवित्तको अधिकृत पूँजी रू. २० करोड र जारी तथा चुक्तापूँजी रू. ७ करोड ७१ लाख ३७ हजार ५०० कायम हुनेछ ।

मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्