ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई ओटा हलुवावेदको मूल्य ९ लाख २८ हजार ८०० येन !

२०७८ कार्तिक, ९  
र यो पनि
Image Not Found

कात्तिक ९, आइची(जापान) । तपाईंलाई हलुवावेद मन पर्छ ? एउटा हलुवावेदलाई तपाईंले कतिसम्म मूल्य तिर्नु हुन्छ ?

जापानको आइची प्रिफेक्चरमा भएको एक लिलामीमा त्यहाँको गिफु प्रिफेक्चरबाट आएको दुई ओटा हलुवावेद ९ लाख येनभन्दा बढी मूल्यमा बिकेका छन् । 

यस वर्षको पहिलो लिलामीमा टेनका–फुबु ब्रान्डका दुई ओटा हलुवावेद ९ लाख २८ हजार ८०० येन (८ हजार १५० अमेरिकी डलर) मा विक्री भएको छ । अर्थात् सो लिलामीमा एउटा हलुवावेदलाई ४ लाख ६४ हजार ४०० येन तिरिएको छ । लिलामीमा कुनै हलुवावेदले पाएको यो कीर्तिमानी रकम हो ।

टेनका–फुबु ब्रान्डका हलुवावेदमा यसमा चिनीको मात्रा अन्य हलुवावेदको तुलनामा २५ प्रतिशत धेरै हुन्छ । यो प्रजातीको हलुवावेद वर्षको दुई हप्तामात्रै विक्रीका लागि उपलब्ध हुन्छ ।

यस वर्ष करीब ६ हजार ओटा टेनुका–फुबु हलुवावेद बजारमा विक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा २ हजार धेरै हुने बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्