ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्जमा कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड आयोजना हुँदै 

२०७८ कार्तिक, ९  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ९, वीरगञ्ज  । वीरगञ्जमा सञ्चालित रेडियो सान्भीले यही कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८आयोजना गर्ने भएको छ । 

मंगलवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको जानकारी रेडियोका समाचार प्रमुख दीपक गौतमले दिए । 

पीसी मिडिया प्रालिद्वारा सञ्चालित उक्त रेडियोले सांगीतिक क्षेत्रमा कार्यरत स्थानीय कलाकारलाई प्रोत्साहन गर्नका लागि १० ओटा विधामा अवार्ड दिन लागिएको बताएको छ । यसबाट स्थानीय कला र संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।

सो अवसरमा अवार्ड कार्यक्रमलाई प्रविधि सहयोग पुर्‍याउने सम्बन्धमा चलचित्र पत्रकार संघ पर्सा र रेडियो सान्भी बीच समझदारी भएको छ । संघकी अध्यक्ष निलिमा पौडेल र रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement