ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कोरोना महामारीले आहत : मोफसलका व्यापारी सरकारबाटै उपेक्षित

२०७८ कार्तिक, १७  
प्रदेश ०१
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक १७, धरान । कोरोना महामारीले आहतमा परेका मोफसलका व्यापारी तथा उद्योगीहरु अझै पनि तीनै तहका सरकारबाट उपेक्षामा परेका छन् ।

कोरोनाको जोखिम न्यून हुँदै गएपछि दुई महीनादेखि बजारमा चहलपहल बढ्दै गएको छ । तर कोरोना कालमा भएका क्षतिका बारेमा अझै पनि सरकारबाट उपेक्षित हुनुपरेको छ । राजधानीमा रहेका व्यापारी तथा उद्योगीहरु सरकारले दिएको सुविधा उपयोग गर्न पाएपनि अझै मोफसलमा सुविधा उपलब्ध हुन नसक्दा राज्यले उपेक्षा गरेको गुनासो गर्न थालेका छन् ।

कोरोना कालमा भएको क्षतिलाई परिपुर्ति गर्न सरकारले राजस्व लगायत करमा छूट दिने घोषणा गरेको थियो तर मोफसलका व्यापारी उद्योगीहरुले राहत पाउन नसकेको बताउँछन् । 

कोरोना शुरु भएसँगै घोषणा भएको लकडाउनका कारण करोडौंको स्टक सामग्रीमा क्षति पुगेको छ । पछिल्लो दुई महीना यता कोरोना खुकुलो भएकाले व्यापार शुरु गर्न खोजिरहे पनि कुनै पनि सरकारबाट राहत पाउन नसकेको धरानका व्यापारी पितरुमल अग्रवाल बताउँछन् । 

कोरोनाकालमा दिने भनिएको कर छूट तथा बैंकको ब्याज छूट पनि नपाएको उनको भनाइ छ । उनी भन्छन्, ‘राजधानीमा पहुँच पुग्नेहरुले सुविधा लिए, बैंकबाट पनि थप ऋण लिन सफल भएका छन्, तर बाहिरका व्यापारीहरुले कुनै राहत पाएका छैनन् ।’ लामो समयदेखि बन्द रहेका व्यापार व्यवसाय संचालन गर्न तयारी गरिए पनि चालू वर्षमा राजस्व बढ्दा थप असर पुगेको उनको भनाइ छ ।

भन्सारका करहरु वृद्धि हुँदा बजार मूल्य पनि अहिले बढ्दै गएको उनी बताउँछन् । स्टकमा रहेका सामानहरुमा क्षति पुग्दा अहिले महम्गी पनि बढेको उनको भनाइ छ । उनले भन्छन्, ‘राजस्व त ठिकै छ, तर भन्सार तिर मूल्यांकन बढेको छ, जसले गर्दा सामानको महँगाइ बढेको छ, उपभोक्तालाइ मर्का परेको छ ।’

धरानका व्यापारी तथा व्यवसायीलाई घर भाडा तिन, बैंकको किस्ता तिर्न पनि समस्या हुँदै गएको उनले बताए । उनले भने, व्यापारीहरुलाई किस्ता तिर्न पनि गाह्रो छ, पलायन हुने अवस्थामा धेरै व्यवसायी छन्, सरकारले दिएको सुविधा पाउन सकेका छैनन्, कोरोना भाइरसको समयमा भएको क्षतिको छूट पनि पाएको छैन् ।’ 

सुनसरी उद्योग वाणिज्य संघको अनुसार धरानमा दैनिक २५ करोडको कारोबार हुने गरेको छ । तर यस वर्षको दशैमा पनि त्यती कारोबार हुन सकेन । बजारमा चहलपहल बढेको पनि कारोबार भने ७ देखि ८ करोड सम्मको मात्रै कारोबार भएको संघका अध्यक्ष गिरिधारी सापकोटाको भनाइ छ । व्यापारीले आफ्नै जिम्मेवारीमा बजार सञ्चालनमा ल्याउन थाले पनि सरकारले कुनै सहयोग नगरेको उनको पनि गुनासो छ । 

उनी भन्छन्, ‘राजधानी बाहिरका व्यापारीलाई स्थानीय, प्रदेश सरकार कतैबाट पनि सहयोग पाएको छैनन् ।’ अबको ६ महीनामा व्यापारीहरु पलायन हुनेकी अन्य विकल्प खोज्ने अवस्थामा पुग्ने उनी बताउँछन् । कोरोनाकालमा थन्किएका सामानहरु सस्तो मूल्यमा सेलमा राख्नुपर्ने बाध्यताले पनि बजारको कारोबार कम भएको उनको भनाइ छ । 

धरानका प्रायः व्यापारीहरुले पुराना लत्ताकपडाहरुको सेल लगाएका छन् । जहाँ सस्तो मूल्यमा कपडाहरु खरीद भएका छन्, जसले गर्दा कारोबारमा पनि कमी आएको उनको अनुमान छ । 

घरभाडादेखि लिएर करमा सरकार वा स्थानीय सरकार कसैले छूट दिएको पाइन्दैन् । सरकारले घरभाडा बहाल कर, राजस्व छूट दिने भएको थियो तर त्यो पनि पाएका छैनन् । तीनै तहका सरकारसँग एक सालको छूटको लागि पहल गरे पनि सुनुवाई नभएको संघका अध्यक्ष सापकोटाको भनाइ छ । धरान उपमहानगरपालिकाले भने व्यवसाय करमा २५ प्रतिशत छूट दिने भनेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro