ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रेडियो सान्भी म्युजिक अवार्ड सम्पन्न, एक दर्जनभन्दा बढी कलाकार सम्मानित  

२०७८ कार्तिक, २३  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २३, वीरगञ्ज । वीरगञ्जस्थित रेडियो सान्भीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड - २०७८ आयोजना गरेको छ ।

सोमवार साँझ वीरगञ्जमा भएको एक समारोहका बीच अवार्ड घोषणा गरिएको हो । नेपाली भाषाको गीततर्फ सञ्जु अमात्य उत्कृष्ट गायक भएका छन् । भोजपुरी भाषातर्फ उत्कृष्ट गायकको उपाधि सुनील पडितले पाएका छन् । गायिका दीपशिखा मिश्रले उत्त्कृष्ट गायिकाको उपाधि हात पार्न सफल भएकी छन् । 

रेडियो सान्भीले पर्सा जिल्लालाई आधार बनाएर गीत संगीतको क्षेत्रमा क्रियाशील कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गरिएको बताएको छ ।    

लामो समयदेखि गीत संगीतको क्षेत्रमा योगदान दिएका गणेश परियार र अनिलकुमार वर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । 

उत्कृष्ट नव गायक, नव गायिका, उत्कृष्ट संगितकार, गीत, लोकगीत, उत्कृष्ट संगीत समूहलगायत एक दर्जनभन्दा बढी विधामा अवार्ड दिइएको थियो । यो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement