ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

विवाहले व्यापार बढाउने आशामा भारतीय व्यापारीहरु  !

२०७८ कार्तिक, २५  
र यो पनि
Image Not Found

कात्तिक २५, नयाँदिल्ली( भारत) । तिहारसकिएसँगै विवाहका कारण व्यापार बढ्ने आशामा भारतीय व्यापारीहरु रहेका छन् ।

एक अनुमानित तथ्यांक अनुसार आवको एक महीनामा भारतको नयाँदिल्लीलगायत प्रमुख शहरहरुमा २५ लाखभन्दा बढी विवाह हुने अनुमान रहेको छ । विवाह तथा यससँग सम्बन्धित् गतिविधिकै कारण यो सिजनमा ३ लाख करोड भारतीय रुपयाको व्यापार हुने अपेक्षा   गरिएको छ ।

झण्डै दुई वर्षदेखि कोरोना महामारीका कारण भारतमात्र हैन विश्वमै व्यापार व्यवसायमा मन्दि आयो । मानिसहरु ज्यान बचाउनकै खातिर घरबाट बाहिर निस्केनन् । कोरोना महामारीको प्रत्यक्ष असर विवाह ब्रतवन्ध तथा धार्मिक अनुष्ठान तथा अन्य कार्यहरुमा पनि पर्‍यो ।

तर अहिले पहिलेको जस्तो अवस्था छैन । दिल्लीलगायत भारतका कयौं सहरहरुमा सर्वसाधारणको दैनिकीहरु सामान्य हुन थालेका छन् । सार्वजनिक यातायात खुलेका छन् । स्वास्थ्य सावधानी अपनाएर दैननुदिन कार्य गर्न सरकारी अधिकारीहरुले भनेका छन् ।

अवको एक महीना विगत दुई वर्षदेखि रोकिएको विवाह पनि धमाधम पार्टी प्यालेस, ब्याक्वेंट, होटल, सभाहलमा हुँदैछन् । धमाधम पार्टी प्यालेस तथा ब्याक्वेंट बुकिंग भइरहेको छ । अझ दिल्लीको कुरा गर्ने हो भने त यहाँका पार्टी प्यालेस तथा ब्याक्वेंट पुरै बुकिंग भइसकेको छ  ।

कन्फेडरेशन अफ अल इन्डिया टे्रडर्सका अनुसार दिल्लीमा मात्रै यो पटक १ लाख ५० हजार जना युवाजोडीको विवाह हुने छ । पहिलो चरणमा भारतमा नोभेम्वर १४ देखि १३ डिसेम्वर २०२१ सम्म विवाहको साइत रहेको छ । एजेन्सीहरु

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्