ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्जमा भारत बेन्चको मेगा सेल, एकै दिन २५ ओटा टिपरको साँचो हस्तान्तरण 

२०७८ कार्तिक, २५  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २५, वीरगञ्ज । वीरगञ्जमा भारत बेन्च कम्पनीका टिपरको मेगा सेल भएको छ ।

नेपालका लागि भारत बेन्चको आधिकारिक आयातकर्ता ओम्नी मोटर्स प्रालिले बिहीवार एकै दिन २५ ओटा टिपरको साँचो हस्तान्तरण गरिएको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक सन्दीप मोहताले श्री शक्ति खनिज प्रालिका सञ्चालक देवेन्द्रध्वज कार्कीलाई साँचो हस्तान्तरण गरेका हुन् । 

एक समारोहका बीच भारत बेन्चको २५२३ सी मोडेल टिपरको साँचो हस्तान्तरण गरिएको मोहताले जानकारी दिए । पछिल्लो समयमा विकास निर्माण तथा अन्य आवश्यकीय प्रयोजनसँग सम्बन्धित कार्यमा भारत बेन्चका टिपरको माग बढेको दाबी उनले गरे । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement