ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

एशियन लाईफ इन्स्योरेन्सद्वारा २७ % लाभांश प्रस्ताव

२०७८ कार्तिक, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३०, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंंगलवार साँझ बसेको कम्प्नीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट  २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगदसहित  २७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले  आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । प्रस्तावित  लाभांश वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र बितरण हुनेछ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्