ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आरविवि मर्चेन्टको छैठौं वार्षिक साधारण सभाले पारित गर्‍यो १०% लाभांश वितरण गर्ने प्रस्ताव

२०७८ कार्तिक, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ३०, काठमाडौं । आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैठौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले १० प्रतिशत नगद लाभांश सहित आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित पारित गरेको छ ।

साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउने बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्