ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

९५ देशलाई कोभिडको चक्की औषधिको जेनरिक संस्करण उत्पादनको अनुमति दिँदै फाइजर

२०७८ कार्तिक, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक ३०, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले आफूले कोभिड–१९ का बिरामीहरुको उपचारका लागि बनाइरहेको एन्टिभाइरल औषधि ९५ ओटा न्यून तथा मध्यम आय भएका देशका जेनरिक औषधि उत्पादकहरुलाई उत्पादनको अनुमति दिने भएको छ ।

मंगलवार कम्पनीले यस्तो बताएको हो । यी देशहरुलाई अन्तरराट्रिय जनस्वास्थ्य समूह मेडिशिन्स प्याटेन्ट पुल (एमपीपी)सँगको लाइसेन्सिङ सहमति मार्फत जेनरिक औषधि उत्पादनको अनुमति दिन लागिएको हो ।

फाइजर र एमपीपीबीच भएको स्वेच्छिक लाइसेन्सिङ सम्झौताले संयुक्त राष्ट्र संघ समर्थित समूहलाई योग्य जेनरिक औषधि निर्माताहरुलाई पीएफ–०७३२१३३२ को आफ्नै संस्करण निकाल्ने उप–लाइसेन्स दिनेछ । फाइजरले प्याक्लोभिड ब्रान्ड नाम अन्तर्गत आफूले उत्पादन गर्ने चक्की बेच्नेछ ।

क्लिनिकल परीक्षणमा चक्कीले बिरामीको अस्पतालमा भर्ना हुने वा गम्भीर समस्याका कारण मृत्यु हुने सम्भावना ८९ प्रतिशतले कम गरेको फाइजरले बताएको छ । यसलाई एचआईभीको उपचारमा प्रयोग हुने औषधि रितोनाभिरसँग मिलाएर प्रयोग गरिनेछ । एजेन्सी

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्