ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल–भारत उडान संख्या बढाउने तयारी

सातामा उडान संख्या ५६ पुर्‍याइने

२०७८ मंसिर, १  
समाचार
NA

काठमाडौं (अस) । कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल–भारत उडान संख्या घटाइएकोमा पुनः बढाउने तयारी भएको छ । एयर बबलमार्फत हुँदै आएको सीमित उडान संख्या बढाएर सातामा ५६ पुर्‍याउनेगरी नेपाल सरकार र भारतबीच छलफल भएको हो ।

भारतीय दूतावासले अहिलेको उडान संख्या बढाउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएसँगै हाल हुँदै आएको सीमित संख्याको उडान बढ्ने सम्भावना देखिएको छ । अहिले काठमाडौं–दिल्ली सेक्टरमा सातामा १४ ओटा उडान हुँदै आएको छ । यसमा नेपाल र भारतबाट सात/सात उडान हुन्छ ।

कोरोना भाइरसको संक्रमण उच्च हुँदा नेपाल–भारत उडान संख्या कटौती गरिएको थियो भने नेपालको काठमाडौं र भारतीको दिल्ली उडानलाई मात्रै जारी राखिएको थियो ।

अहिले पनि एयर बबलअनुरूप नै सातामा १४ उडान हुँदै आएकोमा यो संख्या बढाएर सातामा ५६ पुर्‍याउने तयारी भएको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘अहिले भारतीय दूतावासमार्फत उडान संख्या बढाउने प्रस्ताव आएको हो,’ उनले भने, ‘कहिलेदेखि संख्या बढाएर उडान सुचारु गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल हुनेछ, निष्कर्षमा पुग्न भने समय लाग्नेछ ।’

भारतले अहिले सातामा २८/२८ ओटा उडान गर्ने प्रस्ताव गरेको भन्दै उनले नेपालले यसमा विमति राख्ने अवस्था नभएकाले यही संख्यामै उडानका लागि टुंगोमा पुग्न सकिने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्