ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २९ गते बोलायो साधारण सभा, ८.४२% लाभांश प्रस्ताव

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजी रू. २० अर्बको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।

साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्