ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आर्थिक क्रान्तिको विरोध

२०७८ मंसिर, १  
१० वर्ष अघि
NA

नेपाल आयल निगमले कर्मचारीलाई दिन लागेको बोनस केही आरिसे मानिसहरूको विरोधका कारण फिर्ता गर्नुप¥यो । यो दुःखलाग्दो कुरा हो । निगमका केही साना ठूला कर्मचारीले मन्त्रालय, विभाग, सकतर्कता, अख्तियार सबै मिलाएर अमलेखगन्जको डिपोमा हुने तेल चुहावटलाई बाँध फुटेर गएको देखाएर खान चैं हुने अनि बाँकी सिधासादा कर्मचारीले पेट्रोल, डिजेलसिजेल बेचेर बचेको, खर्चसर्च कटाएर उब्रिएको जाबो दशबीस करोड रुपैयाँ त्यो पनि नियमले एक वर्षको कारोबार सही नाफा नै देखाएपछि बोनस खान चैं किन नहुने ?

यसरी खान लागेको बोनसका विरोधी सरासर राष्ट्रहित विरोधीहरू हुन् । किनकि पानी तेल खाऊन् या पैसा सबैले खाने त राष्ट्रकै सम्पत्ति हो । राष्ट्रको सम्पत्ति राष्ट्रवादी याने नेपालीले नखाएर विदेशीलाई आएर खान दिने त ? त्यो त यै देशका राष्ट्रवादी नेपालीले नै खान पाउनुपर्ने हो ।

त्यति कुरा पनि नबुझेर नुन तेल खायो, खोला खायो, जहाज खायो, पैसा खायो वा भ्रष्टाचार गर्‍यो आदि भनेर आरोप लगाउनु प्रष्टतः अराष्ट्रवादी कुरा हो ।

पहिलो कुरा त मह काढ्नेले हात चाट्छ चाट्छ । मह चाट्न नपाउने भए कोही मह काढ्छ ? माहुरीले टोक्ने डर हुँदैन ?

(तीतोमीठोबाट)
वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्