ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार) बैंकिङ समयसम्म रहेको छ ।

कम्पनीले ११ हजार ७५३ कित्ता संस्थापक शेयर कात्तिक २५ गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

इच्छुक आवेदकले शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भन अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

बुधवार कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र बिहीवार बिहान १० बजे एनआईबिएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा खालिने पनि बताइएको छ ।
आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्