ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुपर दोर्दी इन्भेष्टमेण्टको साधारण सभा मंसिर २५ गते

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । सुपर दोर्दी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ ।

सभा जिल्ला समन्वय समितिको सभाहल बेशीशहर, लमजुङमा दिनको १२:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा यस कम्पनी पिपुल्स हाइड्रोपावरमा मर्जरमा जाने भएकाले सो सम्बन्धी गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने साथै, मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्