ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कोका–कोलाको भाइबरसँग साझेदारी

२०७८ मंसिर, १  
बजार
Image Not Found

काठमाडौं (अस) । कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एन्ड मिल्स थिमअन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फुड र्‍यान्डमाइजर’ लन्च गरेको छ ।

नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताले यो रमाइलो फिल्टरको मजा लिन सक्नेछन् । यसमा उनीहरूले साथी, सहकर्मी वा परिवारलाई आफ्ना लागि कोक र खाना माग गर्न सक्नेछन् । फिल्टरमा कोक र ममः, कोक र पिज्जा, कोक र चाउमिनजस्ता कोक र मिल्सका कम्बो जोडिनेछन् । एउटा कोक एन्ड मिल्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथी,  सहकर्मी वा परिवारलाई सजिलै पठाउन सक्नेछन् ।

प्रयोगकर्ताले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् । एआर लेन्सलाई आयोजित ‘राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसिप’ पत्रकार सम्मेलनको क्रममा भर्चुअल लन्च गरिएको हो । कार्यक्रममा भाइबर र कोका–कोलाका साझेदारका साथमा सञ्चार माध्यमको पनि उपस्थिति थियो ।

राकुटेन भाइबर र कोका–कोलाबीचको सहकार्यले भाइबरका नेपाली प्रयोगकर्तालाई रोमाञ्चक सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । ‘कोका–कोलासँग साझेदारी गरी रमाइलो प्रविधि सञ्चालित परिवार र साथीलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा उत्साहित छौं,’ भाइबरका सिनियर निर्देशक डेभिड त्सेले भने ।

कोक एन्ड मिल्स भाइबर लेन्स प्रियजनसँग जोडिनुलाई थप आकर्षक र अद्वितीय बनाउनु कम्पनीका विभिन्न  पहलमध्ये एक रहेको उनले बताए । ‘कोका–कोलाले सबै परिवारलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ । कोक एन्ड मिल्स भाइबर लेन्स विशेषगरी नेपाली युवामाझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पल मनाउने हाम्रो प्रयास हो,’ कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्