ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रि - ओपन सेसनमा नेप्से परिसूचक १०.६१ अंक बढ्यो

२०७८ मंसिर, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव ६१ अंक बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका ४३ ओटा धितोपत्रको १६ हजार ४०६ कित्ता शेयर रू. ८१ लाख ९६ हजार २९१ मा खरीदविक्री भएको छ ।

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेशनल हाइड्रोपावरको  भएको छ । सो अवधिमा उक्त कम्पनीको रू. १२ लाख ६५ हजार ४९६ बराबरको शेयर खरीदविक्री भएको हो । 

कारोबारमा आएका ती धितोपत्रमध्ये ३३ ओटा धितोपत्रको मूल्य बढेको छ भने पाँच ओटा धितोपत्रको मूल्य घटेको छ । यसैगरी चार ओटा धितोपत्रको मूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्