ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अपर तामाकोशीसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ मंसिर, १  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको १० मिनेटको अवधिमा तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

अपर तामाकोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र तेह्रथुम पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । पञ्चकन्या माईको शेयरमूल्य प्रतिकित्ता रू.३८८ दशमलव ४०,अपर तामाकोशीको रू.७०५ दशमलव ४० र तेह्रथुम पावरको रू.५८४ दशमलव ७० पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्