ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मंसिर महीनाको पहिलो कारोबार दिन : प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ मंसिर, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ५०० ले बढेको सुनको भाउ बुधवार सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ३०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार ८०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २९० मा कारोबार भएको चाँदी बुधवार रू. १० ले घटेर रू. १ हजार २८० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्