ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सबैको लघुवित्तको नाफा ३.३६ गुणा बढ्यो

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ३६ गुणा  अर्थात २३६ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू.६३ लाख ७७ हजार नाफा कमाएको चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड १४ लाख ५७ हजार पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २६२ प्रतिशत र सञ्चालन नाफा २५० प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ भने जगेडामा रू. ८ करोड २३ लाख रहेको छ । त्यसैगरी, कम्पनीले चाूलू आवको पहिलो त्रैमाससम्ममा रू. २ अर्ब ७८ करोड ५० लाख सापटी लिएर, रू. १ अर्ब २ करोड ४८ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब ५ करोड २८ लाख ६४ हजार कर्जा लगानी गरेको हो ।

त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ७९, मूल्य आम्दानी अनुपात ६६ गुणा, तरलता अनुपात १६ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव ५१ रहेको छ ।

 यो पनि हेर्नुस् :

३ करोडभन्दा बढी खराब कर्जा उठाएको सबैको लघुवित्तको नाफा ११ करोडभन्दा बढी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्