ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेगा बैंकले संशोधन गर्‍यो लाभांश प्रस्ताव, बोनस शेयर घट्यो

२०७८ मंसिर, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । 

कम्पनीले १२ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृतीको लागि पेश गरेकोमा कर प्रयोजनको लागि आवश्यक नगद लाभांश प्रस्ताव गर्नुपर्ने निर्देशन आएकाले लाभांश संशोधन गरेको बताएको छ ।

संशोधन गर्न निर्देशन आएकाले कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गरेको हो ।

अव यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्