ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१० औं कर दिवस : धेरै कर तिर्नेमा संस्थागततर्फ नेपाल टेलिकम र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित

२०७८ मंसिर, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १, काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/ ७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर बुधबार सम्मानित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।विभागले गत वर्ष संस्थागततर्फ संस्थागततर्फ नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको बताएको छ । 

विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ । त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएका छन् । छिमेक लघुवित्त वित्तीय संस्थालाई सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ ।

जलविद्युत आयोजनातर्फ हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि सम्मानित भएका छन् । त्यस्तै, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ । विशेष उद्योगतर्फ एशियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्